काभ्रे : जिल्लाका १३ वटै स्थानीय तहको अन्तिम नतिजा पाँचखाल नगरपालिकाको मतगणना सकिएसँगै सार्वजनिक भएको छ।
काभ्रेमा ६ नगरपालिका र ७ वटा गाउँपालिकाका गरी १५३ वडा रहेका छन्। अन्तिम नतिजाअनुसार अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखमा नयाँ अनुहार आएका छन् भने केही पुरानै दोहोरिएका छन्। धुलिखेल नगरपालिकाबाहेक सबै स्थानीय तहको प्रमुखमा गठबन्धन दलकै उम्मेदवार विजय भएका छन्।
जिल्लामा कांग्रेसले ७, माओवादी केन्द्रले ४, एमाले र एकीकृत समाजवादीले एक-एक पालिकाको प्रमुख जितेका छन्। त्यस्तै, कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ४, एमालेबाट ३ पालिकामा उपप्रमुख विजय भएका छन्।
पालिकामा कुन पार्टीबाट कसले जिते ? (विवरणसहित)
खानीखोला गाउँपालिका
अध्यक्षः इन्द्रबहादुर थिङ 'छिन्ताङ’ – माओवादी केन्द्र
उपाध्यक्षः दोर्जेमान जिम्बा – नेपाली कांग्रेस
महाभारत गाउँपालिका
अध्यक्षः कान्छालाल जिम्बा 'संसार’ – माओवादी केन्द्र
उपाध्यक्षः सागर मोक्तान – नेपाली कांग्रेस
रोशी गाउँपालिका
अध्यक्षः दिनेश लामा – नेपाली कांग्रेस
उपाध्यक्षः मिमबहादुर वाईबा 'ज्वाला’ – माओवादी केन्द्र
तेमाल गाउँपालिका
अध्यक्षः चन्द्रबहादुर तामाब – नेपलाी कांग्रेस
उपाध्यक्षः दलमान थोकर 'डिएम’ – माओवादी केन्द्र
भुम्लु गाउँपालिका
अध्यक्षः प्रेमबहादुर भुजेल 'बृहत’ – माओवादी केन्द्र
उपाध्यक्षः जितेन्द्रमान तामाङ – नेपाली कांग्रेस
चौरीदेउराली गाउँपालिका
अध्यक्षः रेणुका चौलागाईं – माओवादी केन्द्र
उपाध्यक्षः शेरबहादुर तामाङ – नेपाली कांग्रेस
बेथानचोक गाउँपालिका
अध्यक्षः भगवान अधिकारी – नेपाली कांग्रेस
उपाध्यक्षः तारा राना तिमल्सिना – माओवादी केन्द्र
मण्डनदेउपुर नगरपालिका
मेयरः टोकबहादुर वाईबा – एकिकृत समाजवादी
उपमेयरः विष्णुमणी नेपाल – नेपाली कांग्रेस
धुलिखेल नगरपालिका
मेयरः अशोक कुमार व्याञ्जु – एमाले
उपमेयरः निरजन जंगम – नेपाली कांग्रेस
नमोबुद्ध नगरपालिका
मेयरः कुन्साब लामा – नेपाली कांग्रेस
उपमेयरः रत्नबहादुर लामा – माओवादी केन्द्र
पनौती नगरपालिका
मेयरः राम शरण भण्डरी – नेपाली कांग्रेस
उपमेयरः गिता बन्जारा – एमाले
बनेपा नगरपालिका
मेयरः शान्तिरत्न शाक्य – नेपाली कांग्रेस
उपमेयरः विमला सापकोटा दाहाल – एमाले
पाँचखाल नगरपालिका
मेयरः महेश खरेल – नेपाली कांग्रेस
उपमेयरः सुर्य माया दुनुवार – एमाले
तपाईंको ईमेल गोप्य राखिनेछ ।