|

काठमाडौं : अभिनेत्री सुहाना थापाले आफ्नो स्नातक तहको अध्ययन पूरा गरेकी छन्। उनले अमेरिकाको जर्ज मेसन युनिभर्सिटीबाट मनोविज्ञान विषयमा स्नातक तहको पढाइ सकेकी हुन्।

शनिबार उनले विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा भाग लिँदै ग्रयाजुएसनको टोपी पनि लगाएकी छन्। सुहानासहित बुवा सुनील कुमार थापा र आमा झरना थापा उक्त कार्यक्रममा उपस्थित थिए। सुनील र झरनाले सामाजिक सञ्जालमार्फत सुहानाले स्नातक तह उत्तीर्ण गरेको खुसी व्यक्त गरेका छन्।

स्नातक तहको पढाइ गर्दा गर्दै फिल्म क्षेत्रमा प्रवेश गरेकी सुहानाले घरकै दुईवटा फिल्म खेलिसकेकी छन्। 'ए मेरो हजुर ३' र 'ए मेरो हजुर ४' को सफलतापछि उनी 'भागवद् गीता'को तयारीमा छन्। झरनाकै निर्देशनमा बन्ने फिल्मको छायांकन थापा परिवार अमेरिकाबाट फर्केपछि हुनेछ। 

थापा परिवारले अमेरिकाका विभिन्न स्थानमा हुने 'ए मेरो हजुर ४' को प्रिमियर शोमा पनि सहभागिता जनाउनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.