|

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गर्ने पार्टी प्रतिनिधिलाई कम्तीमा ५ वर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बझाङका अध्यक्ष धीरजबिक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय तहको चुनावमा असहयोग गरेको भन्दै पार्टीमा रहेका ९ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको हो।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी गराउँदै पार्टीका पूर्व-पार्टी सहअध्यक्ष विश्वप्रकाश जेठारा, पूर्व पार्टी सल्लाहकार लालबहादुर खड्का, पूर्व पार्टी सचिव जनकबहादुर ओली, पूर्व कोषाध्यक्ष सुरत बहादुर च्वाँन, पूर्व पार्टी सदस्य जगतबहादुर सिंह (जरोबर), पूर्व पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष, जानकीदेवी खाती र वर्तमान पार्टी सदस्य कर्णबहादुर रोकायालाई ५ वर्षसम्म पार्टीको साधारण सदस्य नरहने गरि निलम्बन गरिएको अध्यक्ष सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.