|

रौतहट : जिल्लाको वृन्दावन नगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोदप्रसाद पटेल विजयी भएका छन्।

बृन्दावन नगरपालिका-६ हर्षाहा घर भएका पटेल एकीकृत समाजवादी पार्टीको तर्फबाट मेयरको रुपमा निर्वाचित भएका हुन्।

पटेलले कुल ६ हजार १ सय १२ मत ल्याए उनले आफ्ना  निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवलाई १ हजार ४ सय ३४ मतले पराजित गरेका हुन्। पटेलले ६ हजार १ सय १२ मत प्राप्त गर्दा यादव ४ हजार ६ सय ७८ मत ल्याएका हुन।

यसैगरी, उपमेयरमा पनि  एकीकृत समाजवादी पार्टीकी  संगीता देवी राम निर्वाचित भएकी छन्। राम कुल ५ हजार ८ सय २५ मत प्राप्त गर्दै बृन्दावनको उपमेयरमा निर्वाचित भएकी हुन्।

उपमेयरमा निर्वाचित रामले ५ हजार ८ सय २५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सैवुन खातुनले ५ हजार ९ मत पाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.