'रुख चिन्हमा खसेको मत पनि सदर हुनुपर्ने'

|

काठमाडौं : काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट उपमेयरका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले दोहोर्‍याएर मतगणना गर्न माग गरेका छन्। 

उनले उपमेयर पदमा कांग्रेसको उम्मेदवार नभएकाले रुख चिन्हमा परेको मत पनि आफ्ना लागि गणना गर्नुपर्ने माग गरेका हुन्। 

‘रुख चिन्हमा ३६ देखि ३८ हजार मत खसेको बदर भइसक्यो, रुख र कलममा हालेको भोट धेरै छ, थाहाखबरसँग उनले भने, रुखमा उम्मेदवार नभएपछि त्यो भोट कलमले पाउनुपर्यो नि!’ 

'उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत सङ्केत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ

उनले निवेदनमा भनेका छन्, 'तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७,१९,२२,२४ र २६ को भावना र मनसाय अनुसार हुनेगरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई  सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल पुन: दोहोर्‍याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ।'

श्रेष्ठ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलभन्दा तेब्बर बढी मतले पछि परेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.