|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले पार्टीभित्र अन्तरघात नभएको भए चार सय पालिका प्रमुख जित्ने जनाएको छ। 

चुनावी समीक्षाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीभित्र अन्तरघातको समस्या अहिले पनि हट्न नसकेको बताए। 

'अहिले पनि हाम्रो पार्टीमा अन्तरघातको समस्या समाधान भएको छैन उनले भने, यदि अन्तरघात नभइदिएको भए हामीले यतिमात्र होइन झण्डै चार सय स्थानमा जित्थ्यौँ भन्ने हाम्रो अनुमान छ।'

उनले यस विषयमा सम्पूर्ण सूचना आइसकेपछि पार्टी केन्द्रीय समितिले समीक्षा गर्ने बताए। 

कांग्रेसले अहिलेसम्म ३ सय २० पालिका प्रमुख जितेको छ। 

पार्टी सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण निर्णयले गठबन्धनलाई सफल बनाएको उनको भनाइ छ।

‘यो गठबन्धन सफल हुँदैन भन्ने आशंका अहिलेको नतिजाले चिरेको छ, गठबन्धनमा विश्वासको आधार तयार भएको छ।’ उनले भने।  

अब गठबन्धन दल र पार्टीभित्र थप छलफल गरेर आगामी निर्वाचनको रणनीति तय गरिने उनले बताए।

एमाले पनि एक्लै नलडेको भन्दै विभिन्न आठ/नौ वटा दलसँग तालमेल गरेको आफूहरुले पाएको महतको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.