|

रौतहट : जिल्लाको फतुवा विजयपुर नगरपालिकामा खसेको भन्दा ४१ वटा बढी मतपत्र फेला परेको छ। बढी मतपत्र फेला परेको र पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणनास्थल बाहिर विरोध प्रदर्शन गरेका छन्।

सो नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले फतुवा विजयपुर नगरपालिकाको वडा नं-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको बताए।

निर्वाचन आयोगले बाक्सामा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ रहेको छ। तर, तत्काल मतगणना स्थगित भएको छ, मतगणनाबारे छलफल चलिरहेको अधिकृत वाग्लेले बताए।

यता, नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसको सेटिङमा धाँधली गरेको आरोप लगाएका छ्न।

नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाँउमा पुन:  मतदान गर्नुपर्ने माग राखेका छन्।

पुन: मतदानको माग गर्दै एमाले र माओवादी कार्यकर्ता मतगणना स्थलमा रहेका प्रतिनिधिहरु निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.