|

हेटौंडा : चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन्।

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले १० हजारबढी मतले अग्रता बनाएकी छिन्। उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा १० हजार ६५१ मतले अग्रता कायम गरेकी हुन्।

१ लाख १२ हजार ६ सय ७६ मतगणना गर्दा  हुँदा रेनुले ४५ हजार ३८९ मत प्राप्त गरेकी छिन्। सुवेदीले ३४ हजार ७३८ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ८२२ मत पाएका छन्। 

भरतपुरमा १ लाख २७ हजार ५ सय ५६ मत खसेको थियो। अब १४ हजार ८ सय ८० मत गन्न बाँकी छ।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ४६ हजार ४७१ मत प्राप्त गर्दा, राप्रपाकी हिमला गुरुङले २७ हजार ४०४ मत पाएकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.