|

धनगढी : कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो। 

प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्।

उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई घोडाघोडी अस्पताल लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.