|
फाइल तस्वीर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडगाड नगरपालिकाको एउटा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा भ्रष्टाचार दर्ता गरेको छ।

भ्रष्टाचारको आरोपमा छेडगाड नगरपालिका-१ को कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपबहादुर बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा आज मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।

अध्यक्ष बस्नेतले ३ वर्षअघि समूहको नाममा रहेको २ लाख ५५ हजार रूपैयाँ हिनामिना गरेको पाइएकाले सोही अनुसारको सजाय मागदाबी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

बस्नेतविरुद्ध उपभोक्ता समूहको घुम्ती कोषबाट दिइएको ऋण रकम, कुलो तथा गोरेटो बाटो निर्माण रकमलगायत आव ०७२/७३ देखि ०७४/७५सम्म विभिन्न शीर्षकमा वन समूहको रकम हिनामिना गरेको उजुरी परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.