|

काठमाडौं : बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ।

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो। 

जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् ।

त्यसपश्चात पाण्डेलाई पक्राउ गरी कानून अनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तिव्र दबाब आइरहेको थियो।

बलात्कार आरोपमा पक्राउ परे पनि उनीमाथि प्रहरीले मानव बेचविखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गर्ने तयारी गरेको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.