|

पाेखरा : कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा १७ हजार ७०६ मतको गणना गर्न बाँकी रहँदा पाँचदलीय गठबन्धनका उम्मेदवार धनराज आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ४ हजार २९ मतले पछाडि पारेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको १ लाख २५ हजार ५२० मतको गणनामा गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) उम्मेदवार आचार्यले ५० हजार ६१२ मत पाउँदा थापाले ४६ हजार ५८३ मत पाएका छन्।

नगर प्रमुखमा नै प्रतिस्पर्धा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले ५ हजार ३३७, अटेरी अभियानका खडकराज पौडेल (गनेश) ले २ हजार ८६४ र विवेकशील साझाकी उम्मेदवार सुशीला के.सी (अधिकारी) ले ३२९ मत पाएका छन्।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता कायमै गरिरहेकी छिन्। शुरुवाती अग्रतामा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अगाडि रहेको भए पनि पछि गुरुङले अग्रता लिएकी हुन्।

गुरुङले कांग्रेसकी रानाभाटलाई ३ हजार ५८७ मतले पछाडि पारेकी छन्। गुरुङलाई ५३ हजार १७३ मत पर्दा रानाभाटको पक्षमा ४९ हजार ५८६ मत आएका छन्। 

उपप्रमुखमा नै प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेललाई ५ हजार ३१८ र विवेकशील साझाका माधव पौडेललाई २५४ मत आएका छन्।

२ लाख ७ हजार ७१२ जना मतदाता रहेको पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.