काठमाडौं : नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय तथा आयकर विवरण तयार पारेर राजश्व छलेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।
राजस्व विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवालविरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि जानकारी भने आज दिइएको हो।
विभागले मूल्य अभिवृद्धिकरतर्फ २ करोड ४१ लाख ३५ हजार ९४१ र आय करतर्फको ५ करोड ५७ लाख १६ हजार ६१२ रूपैयाँ बराबरको बिगो दाबी गरेको छ। विभागले बिगो र जरिवानासहित १५ करोड ९७ लाख ५ हजार १०६ रूपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।