काठमाडाैं : सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले घण्टाघरस्थित त्रिचन्द्र कलेजमा राँके जुलुस सहित विरोध गरेको हो।
अनेरास्ववियु त्रिचन्द्र कलेज प्रारम्भिक कमिटीका अध्यक्ष सुनिल कँडेलको संयोजन र केन्द्रीय कमिटी उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा राँके जुलुस सहित विरोध प्रदर्शन गरिएको हो।
१ घण्टासम्म चलेको विरोध जुलुस र प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी राँका निभाएको थियो।
एमाले निकट अखिल र युवा संघले भोलि ३ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।