|

विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार ग्रहण गरेका छन्। उनले सोमबार पदभार ग्रहण गरेलगत्तै करको दायरा बढाउने तर दर घटाउन एउटा परामर्श समिति बनाउने निर्णय गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०४४ को दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ। चुनावमा गरेको बाचाअनुसार करको दर घटाउने र दायरा बढाउनका लागि परामर्श समिति गठन गर्ने  कोइरालाले बताए। उनले सबैसँग समन्वय गरेर महानगरको काम गर्ने प्रतिबद्धतासमेत जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.