|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार बनेका मनोजकुमार साह निर्वाचित भएका छन्। मनोज ३ हजार ९ सय ३३ मतान्तरले विजयी भएका हुन्।

स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याउँदै जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हीराले ९ हजार ५ सय ३२ मत ल्याए।

गठबन्धनबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साहले चौथो स्थानमा चित्त बुझाए। उनले ५ हजार १ सय ९४ मत ल्याएका छन्। लालकिशोर निवर्तमान नगरप्रमुख समेत हुन्। तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज कुमार  चौधरीले ५ हजार ३ सय ६० मत ल्याएका छन्।

त्यस्तै जनकपुरधामको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन्। किशोरीले १५ हजार ५ सय २५ मत ल्याउदै निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झाले १० हजार ८ सय ८५ मत ल्याइन्। लोसपाका उपमेयर उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत मात्रै ल्याउन सकिन। मिश्र निवर्तमान उपमेयर पनि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.