|

भोजपुर : भोजपुरको आमचोक गाउँपालिकाले जेष्ठ नागरिक, असक्त तथा अपाङ्गता भएकाहरुलाई यातायात सुविधा दिने निर्णय गरेको छ।

दोश्रो कार्यकालको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अशोक राईले गाउँपालिकावासीलाई कार्यालयको कामको लागि आवतजावतमा गर्दा यातायातको सुविधा दिने निर्णय गरेका हुन्।

उनीहरुले गाउँपालिका, वडा कार्यालय, प्रहरी कार्यालय तथा अन्य सरकारी कामको लागि आवतजावत गर्दा यातायात सेवा पाउने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।

अध्यक्ष राईले भने, ‘अति न्यूनतम शुल्कमा यातायात सेवा दिने निर्णयमा हस्ताक्षर गरेको छु। नागरिक उपचार कोष खडा गरेर  त्यसको कार्यविधिको आधारमा नागरिक सेवा दिन्छौँ। यसले अशक्त तथा बृद्धबृद्धा नागरिकलाई सहजता थप्नेमा म आशावादी छु।’

त्यस्तै गाउँपालिकाले मिर्गौला फेल भएका, मुटुको शल्यक्रिया, मस्तिष्काघात भएका दुर्घटनामा परी अङ्गभङ्ग भई असक्त बनेका र क्यान्सर लगायत दीर्घरोगीलाई उपचार खर्च बापत एक लाखसम्म अनुदान सहयोग गर्ने निर्णय गरेको हो।

यसैगरी गाउँपालिकाले सुत्केरी महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय समेत गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.