|

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीना कुमारी लामाले हेटौँडाका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी छन्।

सोमबार शपथग्रहण पश्चात कार्यभार सम्हाल्दै मेयर लामाले हेटौँडा उपमहानगरभित्र बसोबास गर्ने अति विपन्न परिवारमध्ये एक हजार ५ सय ४१ परिवारको पहिलो चरणमा स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी हुन्।

उनले अति विपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत् निःशुल्क उपलब्ध गराइने पनि बताएकी छन्।

त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हाँसिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम संचालन गर्ने, बाटो विस्तारका क्रममा बाटोको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने र महिला जागरण समूहमार्फत लैंगिक हिंसा विरुद्धका अभियान सञ्चालन गर्दै पीडित/प्रभावित महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय स्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु संचालन गर्ने निर्णय समेत गरिएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.