|

सर्लाही : सर्लाहीका स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई सोमबार दिउँसो जिल्ला समन्वय समितिको सभाहल मलंगवामा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

जिल्ला न्यायाधीशबाट शपथ खाएपछि मेयर र अध्यक्षहरूले आ–आफ्नो पालिकामै उपमेयर र उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई शपथग्रहण गराउनेछन्। गत वैशाख ३० गते भएको निर्वाचनबाट सर्लाहीमा ११ नगरपालिका र ९ वटा गाउँपालिकामा जनप्रतिनिधि चयन भएका छन्।

निर्वाचनबाट सर्लाहीका ११ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित २२ जना, नौवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १८ जना, २०० जना वडाध्यक्ष र ८०० जना वडा सदस्य गरी एक हजार ४० जना जनप्रतिनिधि चुनिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.