|

बारा : एक युवकको हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। 

जितपुर सिमरा उपमहानगरपालिका २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम पक्राउ परेका हुन्।  

प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले उनीहरूलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरेको बताए।

यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो। प्रहरीका अनुसार घाँटी रेटी उनको हत्या गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.