|

काठमाडौं :  स्थानीय तह निर्वाचनको मतगणना जारी छ। पछिल्लो परिणाम अनुसार ७ सय ३४ स्थानीय तहको अन्तिम नतिजा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

आयोगले सोमबार साँझ ७ बजेसम्म ३४ हजार ४ सय ५० जनप्रतिनिधि निर्वाचित भइसकेको जनाएको छ। आयोगले उमेर अनुसारको सूची पनि सार्वजनिक गरेको छ।  ती मध्ये निर्वाचित जनप्रतिनिधिहरूमा सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन्। 

निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कुल १० हजार ९९० निर्वाचित भएका छन्।

आयोगको प्रणालीमा २१ देखि ३०, ३१ देखि ४०, ४१ देखि ५०, ५१ देखि ६०, ६१ देखि ७०, ७१ देखि ८०, ८१ देखि ९० र ९० भन्दा माथि उमेर समूहका निर्वाचित जनप्रतिनिधिका विवरण समावेश गरिएका छन्।

कुन उमेरका जनप्रतिनिधि  

नेपाली कांग्रेसका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ५५० र महिला ७९२ गरी १ हजार ३४२, ३१ देखि ४० उमेर समूहका पुरुष २ हजार १८७, महिला १ हजार ९७९ गरी ४ हजार १६६, ४१ देखि ५० उमेर समूहका पुरुष  २ हजार ६६४, महिला १ हजार ७४३ गरी ४ हजार ४०७, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ९३९, महिला ७६३ गरी २ हजार ७०२, ६१ देखि ७० उमेर समूहका पुरुष ६२४, महिला १८९ गरी ८१३, ७१ देखि ८० उमेर समूहका पुरुष ८५, महिला १९ गरी १०४, ८१ देखि ९० उमेर समूहका पुरुष १ र महिला १  गरी २ र ९० भन्दा माथि उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन्। 

नेकपा एमालेका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४५६ र महिला ६६८ गरी १ हजार १२४, ३१ देखि ४० उमेर समूहका पुरुष १ हजार ७१४, महिला १ हजार ८०७ गरी ३ हजार ५२१, ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार १६७, महिला १ हजार ५३७ गरी ३ हजार ७०४, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ८२१, महिला ७७० गरी २ हजार ५९१, ६१ देखि ७० उमेर समूहका पुरुष ५२९, महिला १४१ गरी ६७०, ७१ देखि ८० उमेर समूहका पुरुष ३७, महिला १६ गरी ५३, ८१ देखि ९० उमेर समूहका पुरुष ७ र महिला १ गरी ८ निर्वाचित भएका छन्। 

नेकपा माओवादी केन्द्रका  २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २२७ र महिला ३२८ गरी ५५५, ३१ देखि ४० उमेर समूहका पुरुष ९९४, महिला ८९० गरी १ हजार ८८४, ४१ देखि ५० उमेर समूहका पुरुष १ हजार २४, महिला ५६३ गरी १ हजार ५८७, ५१ देखि ६० उमेर समूहका पुरुष ५४२, महिला २२८ गरी ७७०, ६१ देखि ७० उमेर समूहका पुरुष १३८, महिला ५२ गरी १९०, ७१ देखि ८०  उमेर समूहका पुरुष १५, महिला १ गरी १६, ८१ देखि ९० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी, नेपालका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४३ र महिला ४८गरी ९१, ३१ देखि ४० उमेर समूहका पुरुष २४०, महिला १८९ गरी ४२९, ४१ देखि ५० उमेर समूहका पुरुष २७६, महिला १७९ गरी ४५५, ५१ देखि ६० उमेर समूहका पुरुष १९३, महिला १४५ गरी ३३८, ६१ देखि ७० उमेर समूहका पुरुष १००, महिला ४० गरी १४०, ७१ देखि ८० उमेर समूहका पुरुष १४, महिला १४ गरी २८ जना निर्वाचित भएका छन्।

नेकपा एकीकृत समाजवादी का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४२ र महिला ५६ गरी ९८, ३१ देखि ४० उमेर समूहका पुरुष १४९, महिला १५२ गरी ३०१, ४१ देखि ५० उमेर समूहका पुरुष १८४, महिला १०५ गरी २८९, ५१ देखि ६० उमेर समूहका पुरुष १३८, महिला ६० गरी १९८, ६१ देखि ७० उमेर समूहका पुरुष ५१, महिला २३ गरी ७४, ७१ देखि ८० उमेर समूहका पुरुष ६, महिला ३ गरी ९, ८१ देखि ९० उमेर समूहमा पुरुष १ जना निर्वाचित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १६ र महिला ११ गरी २७, ३१ देखि ४० उमेर समूहका पुरुष ४७, महिला ४९ गरी ९६, ४१ देखि ५० उमेर समूहका पुरुष ६६, महिला ३२ गरी ९८, ५१ देखि ६० उमेर समूहका पुरुष ४५, महिला १९ गरी ६४, ६१ देखि ७० उमेर समूहका पुरुष ११, महिला २ गरी १३, ७१ देखि ८० उमेर समूहका पुरुष २, महिला २ गरी ४ जना निर्वाचित भएका छन्।

राष्ट्रिय जनमोर्चाका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ८ गरी १०, ३१ देखि ४० उमेर समूहका पुरुष २२, महिला २८ गरी ५०, ४१ देखि ५० उमेर समूहका पुरुष ३९, महिला १९ गरी ५८, ५१ देखि ६० उमेर समूहका पुरुष २७, महिला ८ गरी ३५, ६१ देखि ७० उमेर समूहका पुरुष ४, ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन्।

नागरिक उन्मुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४ र महिला १० गरी १४, ३१ देखि ४० उमेर समूहका पुरुष २८, महिला २३ गरी ५१, ४१ देखि ५० उमेर समूहका पुरुष १५, महिला १० गरी २५, ५१ देखि ६० उमेर समूहका पुरुष ६, महिला ७ गरी १३, ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५, ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन्।

नेपाल मजदूर किसान पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ४ गरी ६, ३१ देखि ४० उमेर समूहका पुरुष १०, महिला ११ गरी २१, ४१ देखि ५० उमेर समूहका पुरुष १८, महिला ९ गरी २७, ५१ देखि ६० उमेर समूहका पुरुष १७, महिला ७ गरी २४, ६१ देखि ७० उमेर समूहका पुरुष ५, महिला १ गरी ६, ७१ देखि ८० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन्।

जनता प्रगतिशील पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २, ३१ देखि ४० उमेर समूहका महिला २, ४१ देखि ५० उमेर समूहका पुरुष ५, महिला २ गरी ७, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन्।

तराई मधेस लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १ र महिला १ गरी २, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष २, ७१ देखि ८० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन्।

विवेकशील साझा पार्टीका ३१ देखि ४० उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष ५, ५१ देखि ६० उमेर समूहका पुरुष १, महिला १ गरी २, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २, ७१ देखि ८० उमेरका, महिला १ जना निर्वाचित भएका छन्।

नेपाल जनता पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका महिला १, ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५ जना निर्वाचित भएका छन्।  

सङ्घीय लोकतान्त्रिक मञ्चका ३१ देखि ४० उमेर समूहका पुरुष ३, महिला १ गरी ४, ४१ देखि ५० उमेर समूहका पुरुष ३, ५१ देखि ६० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन्।

नेपाल लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २, ५१ देखि ६० उमेर समूहका पुरुष २, जना निर्वाचित भएका छन्।

राष्ट्रिय जनमुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहमा महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २, ५१ देखि ६० उमेर समूहका पुरुष १, ६१ देखि ७० उमेर समूहका पुरुष जना निर्वाचित भएका छन्। 

नेपाली कांग्रेस (विपी) का २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष १, ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन्।

बहुजन शक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन्। 

बहुजन एकता पार्टी नेपालका ३१ देखि ४० उमेर पुरुष १, समूहका महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका महिला १, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन्।

नेपाल सुशासन पार्टीका २१ देखि ३० उमेर समूहमा पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १ र महिला १ गरी २ जना निर्वाचित भएका छन्।

नेकपा माओवादी समाजवादीका ३१ देखि ४० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन्। नेपाल सद्भावना पार्टीका ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन्।

स्वतन्त्रतर्फ २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २४, महिला २६ गरी ५०, ३१ देखि ४० उमेर समूहका पुरुष ८६, महिला ५४ गरी १४०, ४१ देखि ५० उमेर समूहका पुरुष ७८, महिला २५ गरी १०३, ५१ देखि ६० उमेर समूहका पुरुष ६९, महिला १४ गरी ७३, ६१ देखि ७० उमेर समूहका पुरुष १४, ८१ देखि ९० उमेर समूहका १ र ९० भन्दा माथि उमेरका १ जना निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.