|

रौतहट : देवाही गोनाही नगरपालिका नेकपा एमाले  विजयी भएको छ। नगरपालिकाको प्रमुखमा एमाले पार्टीका उम्मेदवार प्रेमलाल साह विजयी भएका हुन्। 

उनले निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका मधुलिका रानी पटेललाई ८९५ मतान्तरले पराजित गरेका हुन्। साहले चार  हजार २९२ मत प्राप्त गर्दा पटेल तीन हजार ३९७ मत ल्याइन्। साह २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव  लड्दा २०० मतले पराजित भएका थिए। 

यसैगरी उपप्रमुखमा एमालेकी परनिया देवी पटेल निर्वाचित भएकी छन्।  पटेल कुल चार हजार ४४५ मत प्राप्त गर्दै देवाही गोनाहीको उपप्रमुख निर्वाचित भएकी हुन्। पटेलले चार हजार ४४५ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका ईश्वरीलाल यादवले तीन हजार ५८०  मत पाएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.