|

काठमाडौं : सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरको जिम्मेवारी पाएको छ।  

आज विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमाले उम्मेदवार श्यामकुमार श्रेष्ठ माओवादीका उम्मेदवार देवनाथ साहलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्। श्रेष्ठले ७,९०८ प्राप्त गरे भने साहले ५,७०१ पाए।

त्यस्तै उपमेयरमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएकी छन्। एमालेकी मान्ती साहले ७,७०३ ल्याएर माओवादीकी रेशमकुमारी थापालाई पराजित गरेकी हुन्। साहले ५,६४३ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.