१० मध्ये सात पालिकाको उपप्रमुख

|

तनहुँ : जिल्लाका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भइन्। 

अघिल्लो स्थानीय तहमा एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी मायादेवी राना यो पटक म्याग्दे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन्। १० पालिकामध्ये म्याग्देमा मात्रै प्रमुखमा महिलाको  उम्मेदवारी परेको थियो। 

पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन्। कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन्। 

घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका छन्।

यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरे।  यस्तै जिल्लामा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन्। विभिन्न पालिकाका उम्मेदवारी दिएका छ महिलामध्ये दुई जनाले मात्रै विजय हासिल गरेका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.