|

पर्वत : कास्कीको पोखरा महानगरपालिका–१८ को वडाध्यक्षमा तीन मतको अन्तरले नेपाली का‌ंग्रेसका उम्मेदवार विजयी भएका छन्।

का‌ग्रेसका  शिवप्रसाद तिमिल्सिनाले एमालेका पुष्कलबहादुर थापालाई पराजित गरेका हुन्। तिमिल्सिनाले एक हजार ६४३ ल्याउँदा थापाले एक हजार ६४० मत पाए। नेकपा माओवादी केन्द्रका राजु शर्मा तिमिल्सिनाले ७०२ मत ल्याए।

वडाध्यक्ष कांग्रेसले जिते पनि बाँकी रहेका चार जना सदस्यमा भने नेकपा एमालेकै उम्मेदवार निर्वाचित भएका छन्। खुला सदस्यमा नमराज सुवेदी र रमेशबहादुर थापा विजयी बने।

महिला सदस्यमा कल्पना ढकाल क्षेत्री र दलित महिला सदस्य मिनाकुमारी नेपाली निर्वाचित भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.