|

काठमाडौं :  नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। 

नबिल बैंकमा बंगलादेश बैंक मर्ज गराउन प्रमुख भूमिका निर्वाह गरेका ढुंगानालाई नबिल बैंकको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो।
 
ढुंगानाको कार्यकाल आगामी १७ असारदेखि लागू हुने छ।  यसअघि ढुंगानाले नेपाल बंगलादेश बैंकमा १० वर्षसम्म सीईओ भएर काम गरेका थिए।  नबिल बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल सकिन लागेकोले ढुंगानालाई नबिल बैंकले सीईओ नियुक्त गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.