|

काठमाडौं : नयाँ नेपाली फिल्म 'चिसाे मान्छे'को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। 

दीपेन्द्र के खनालको लेखन, निर्देशन तथा छायांकनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका रहेको छ। सार्वजनिक ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। 

ट्रेलर सार्वजनिक कार्यक्रममा र्‍यापर तथा काठमाडौं महानगरको मेयर उम्मेदवार बालेन साह, अभिनेता विपीन कार्की तथा फिल्मका कलाकार, निर्देशक, निर्माता पनि उपस्थित थिए। 

दुई लाखभन्दा बढी पटक हेरिएको ट्रेलर यतिवेला युट्युब ट्रेण्डिङमा परेको छ। विदेशमा निधन भएका श्रीमान‌्‌को लास लिन काठमाडौं आएकी श्रीमतीको भूमिकामा स्वस्तिमा देखिएकी छन्। उनीसँगै देशभक्तले स्वस्तिमाको ससुरा र अर्पणले ड्राइभरको भूमिका निर्वाह गरेका छन्। 

काठमाडौंबाट लास लिएर बाजुरासम्म पुग्दाको यात्रा फिल्ममा देखाइने निर्माण टोलीले जनाएको छ। प्रेम र विवाहलाई लिएर समाजले तोकिदिएको सीमाको कथा फिल्ममा देख्न पाइने अभिनेत्री स्वस्तिमाले जनाएकी छन्। साथै फिल्ममा उनले निर्वाह गरेको पात्रको माध्यमबाट उक्त सीमा भत्काउने प्रयास गरिएको पनि उनले बताएकी छन्। 

फिल्म आगामी असार ३ देखि प्रदर्शनमा आउँदै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.