|

सुनसरी :  स्वतन्त्र उम्मेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित हर्कराज साम्पाङले पदभार ग्रहण गरेका छन्। 

मंगलबार उपमहानगरको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। 

वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजश्व अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव प्रमुख राईले सदर गरेका हुन्। उनको निर्णय अनुसार उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। 

कार्यदलको सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री एकजना, सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष वा निजले तोकेका प्रतिनिधि र राजश्व महाशाखा प्रमुख सदस्य सचिव रहने छन्।

प्रमुख राईले सोमबारै जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधीश कैलाश सुवेदीबाट सपथ ग्रहण गरेका थिए । सोमबार नै उनले उपप्रमुख आइन्द्रविक्रम बेघासहित १०१ जना जनप्रतिनिधिलाई सपथ खुवाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.