|

काठमाडौं : एएफसी यू-१७ र यू-२० एशियन कप छनोटको ड्र मंगलबार सार्वजानिक गरिएको छ। उमेर समूहका लागि महत्वपूर्ण मानिएको यो प्रतियोगितामा नेपाल यू-१७ तर्फ समूह ‘एफ’ मा रहेर प्रतिस्पर्धा गर्दा यू-२० मा भने नेपाल समूह ‘बी’ मा परेको छ।

एएफसीले सार्वजनिक गरेको ड्र अनुसार यू-२० तर्फ नेपालले आफ्नो समूहमा कतार, बहराइन, भुटान र बंगलादेशको सामना गर्नेछ। प्रतियोगिता बहराइनमा आयोजना हुने जनाइएको छ। समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म आयोजना हुनेछ। समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एशियन कपमा स्थान बनाउनेछ।

एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो। हरेक समूहको विजेता सोझै छनोट हुँदा समूहमा उपविजेता हुने उत्कृष्ट ५ टोलीले पनि एशियाकपमा स्थान बनाउने छन्। एएफसी यू-२० एशियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यू-१७ एसियाकप छनोट भियतनाममा हुँदै

एएफसी यू-१७ एशियन कप छनोटमा भने समूह एफमा परेको नेपालले आफ्नो समूहमा थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता आगामी १ देखि ९ अक्टोबरसम्म भियतनाममा हुनेछ। समूह विजेताले बहराइनमा आयोजना हुने एशियन कपमा स्थान बनाउनेछ। उत्कृष्ट ५ उपविजेताले पनि एशिया कपमा स्थान पक्का गर्नेछन्।

एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो। एएफसी यू-१७ एशियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.