|

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ।  यस घटनामा परी अन्य १२० जना घाइते भएका छन्।

प्रारम्भिक समाचारअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ। यद्यपी दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको छ। सोमबार भएको विष्फोट नियन्त्रणमा आउनुअघि छ वटा भवन र धेरै पसलहरूमा आगलागी भएको छ।

क्षतिग्रस्त भवनहरू मध्ये चार वटा भवनलाई सुरक्षित रूपमा खाली गरिएको थियो। भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ। पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै त्यहाँ ठूलो विस्फोट भएको र यसको आवाज पनि ठूलो आएको बताइएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.