|

गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका  १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिए।

पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमाले न्यून आय भएका जनताहरुलाई ठूलो राहत मिल्ने भन्दै यस्तो निर्णय गरिएको उनले बताए।

जनताको स्वास्थ्य प्रति स्थानीय सरकार  गम्भीर भएको भन्दै पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुलाई थप गुणस्तरीय बनाउने  र निर्माणधीन १५ शैयाको अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्न निर्वाचित उपाध्यक्ष मञ्जु कुमारी दर्लामीले बताइन्।

स्थानीय सरकार भनेको नागरिकको नजिकको सरकार भएको भन्दै स्थानीय सरकारको अनुभूति दिने गरी काम गर्ने दर्लामीले प्रतिबद्धता समेत ब्यक्त गरिन्।

यस्तै थापाले पालिका भित्रका जनताहरुलाई उत्पादनसँग जोडी आत्म निर्भर बनाउने गरी आफू लागेको बताए। कालीगण्डकी गाउँपालिका भित्र तीन हजार पाँच सय घरधुरी रहेका छन् भने १५ हजार नागरिक रहेको गाउँपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.