|

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित होटेल ओपेराको स्विमिङ्ग पुलमा डुबेर आज एकजना भारतीयको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा भारतको उत्तराखण्ड राज्यको रामपुरका अन्दाजी ३९ वर्षका फैज अहमद रहेका छन्।

गर्मी छल्न स्विमिङ्ग पुलमा नुहाउन गएका फैज डुबेपछि तत्कालै लाइफ गार्डहरूले उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको नायव उपरीक्षक शाहले बताए। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.