|

काठमाडौं : सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले पेट्रोलियम पदार्थमा लगाएको कर छुट गर्न सरकारसँग आग्रह गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेख्दै कर छुट गरेर मूल्य समायोजन गरी जनतालाई राहत दिन आग्रह गरेका हुन्। इन्धनको मूल्य आफूहरुको सरकार भन्न पनि अप्ठेरो हुनेगरी अकासिएको उनको भनाइ छ। 

‘सरकार, पेट्रोलियम पदार्थको मूल्य यसरी अकासिएयो कि हाम्रो सरकार भन्न समेत अप्ठ्यारो लाग्ने भयो।' उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पेट्रोलियम पदार्थमा सरकारले लगाएको कर छुट गर्यो भने यो ह्वात्तै घट्छ। कर छुट गरेर मुल्य समायोजन गर र जनतालाई राहत देउ।'

सरकारले हालै पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर २ सय रुपैयाँ मूल्य वृद्धि गरेको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.