|

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन जित नजिक पुगेका छन्। 

अहिले मतगणना अन्तिम चरणमा पुगेको छ। तर मतगणना नसकिँदै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले हार स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा महर्जनसँगको फोटो राखेर विजयी भएको भन्दै बधाई दिएका छन्। 

'मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरीबाबु महर्जनलाई विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना', उनले फेसबुकमा लेखेका छन्।

मतगणनाको पछिल्लो परिणाम अनुसार निवर्तमान प्रमुखसमेत रहेका महर्जनले ४२ हजार ७ सय २१ मत प्राप्त गरिसकेका छन् भने व्यञ्जनकारले २३ हजार ९ सय १२ मत मात्रै पाएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.