|

काठमाडौं : लैनसिंह वाङ्देलको चर्चित उपन्यास 'लंगडाको साथी' उपन्यासमा आधारित फिल्म 'अभिन्न'को ट्रेलर सार्वजनिक भएको छ। प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्मको ट्रेलर मङ्गलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

फिल्ममा कर्मा केन्द्रीय भूमिकामा देखिँदैछन्। डा. विभाकर शाक्यको प्रस्तुतिमा बनेको फिल्ममा दार्जिलिङ, सिक्किम क्षेत्रको पृष्ठभूमि रहेको छ। आदित्य सेन्चुरी कार्यकारी निर्माता रहेको फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ। 

'कथा' र 'हेलेन' रसाइलीको निर्देशनमा बनेका चर्चित फिल्म हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.