|

सोलुखुम्बु : सोलुखुम्बुमा मोटरसाइकलले ठक्कर दिँदा कुमार कोइराला गम्भीर घाइते भएका छन्। मंगलबार बिहान प्रातभ्रमणमा निस्किएका कोइरालालाई मोटरसाइकलले ठक्कर दिएको हो।

सोताङ–५ मा डाँडागाउँमा पैदल हिँड्दै गर्दा पछाडिबाट आएको बा ५१ प ८९६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। मोटरसाइकलको ठक्करबाट उनले दायाँ खुट्टा भाँच्चिएको छ।

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँको ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी ओमाशंखरप्रसाद शाहले जानकारी दिए। मोटरसाइकल चालक माहाकुलुङ गाउँपालिकाका २६ वर्षीय सुमन राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.