|

म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ खानेपानीले वडा कार्यालयका सेवाहरू बस्ती–बस्तीबाट सञ्चालन गर्ने घोषणा गरेको छ।

नवनिर्वाचित वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पदभार ग्रहण गर्दै बस्तीमा इन्टरनेटको सुविधा विस्तार गरी अनलाइन प्रविधिबाट प्रशासनिक सेवा दिने बताए।

पदभार ग्रहणसँगै बसेको वडा समितिको बैठकले विभिन्न ६ निर्णय समेत गरेको छ। वडाबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने गरी मासिक रुपमा स्वास्थ्य चौकीसँग समन्वय गरी टोलमा पुगेर सेवा दिने, टोल विकास समिति गठन, हरेक विद्यालयमा रहेको बाल विकास केन्द्रको स्थापना तथा भएकालाई नियमित सहयोग गरिने अध्यक्ष शेरपुञ्जाले बताए।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका शेरपुञ्जाले अब अघिल्लो कार्यकालमा अपूरा रहेका योजनाहरु सहित हरेक घरधुरीमा सेवा पुग्ने गरी काम गर्ने वडा समितिको पहिलो बैठकले समेत निर्णय गरेको छ।

वडाभित्रका अति विकट बस्तीहरुमा रहेको समस्या समाधान सहित आवश्यकता अनुसार घुम्ती शिक्षा, स्वास्थ्य लगायतका अभियानलाई समेत तीब्रता दिने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.