|

बैतडी : बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ।

नगरपालिकाको वडा नं ५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रा लगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो।

खोरेत रोगले धमाधम पशुहरू मर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा २० वटा पशुहरू मरेको र २५० भन्दा बढीमा संक्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए।

नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन ५ का टोलहरूमा खटिएका छन्। ३ सय भ्याक्सिन सहित तीन जना पशु सेवा प्राविधिकहरूलाई गाउँमा खटाएको हो। खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिड्न नसक्ने, जिब्रोमा समेत असर परी पशु मर्ने गरेको पाईएको छ।

घरपालुवा जनावरमा खोरेत देखिएपछि किसान चिन्तित भएका वडाअध्यक्ष फुनीसिंह वोहराले जानकारी दिए। मकै लगाउने, रोपाइ गर्ने समयमा गोरुमा पनि खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.