|

जुम्ला : चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष बिर्खबहादुर कार्कीले वडा भित्रका प्रत्येक घरधुरीमा निशुल्क स्वास्थ्य बीमा सहित बत्ती र पानीको शुल्क वडाले तिर्ने बताए।

नागरिककाे स्वास्थ्य नै पहिलो धन हो भन्ने महत्वलाई आत्मसात गर्दै निशुल्क स्वास्थ्य बीमाको ब्यवस्था गरिएको उनले बताए।

त्यस्तै वडा भित्रका गरिब, दलित तथा जेहेन्दार वालवालिकाहरुलाई कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरिने निर्णय गरिएको छ। गरिब, दलित, जेहनदार र प्रतिभाशाली विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनका लागि आवश्यक सहयोगको प्रवन्ध मिलाइने भएको छ।

आर्थिक अभावमा कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नदिनका लागि एक शैक्षिक अक्षयकोष खडा गरिने नवनिर्वाचित वडाध्यक्ष कार्कीले बताए। उनले भने, ‘यस वडाले स्वास्थ्य सेवाका लागि वडा स्तरीय वडा स्वास्थ्य चौकी स्थापनाको पहल गर्नेछ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.