|

काठमाडौं : नेपालबाट हराएका पाँचवटा ऐतिहासिक मूर्तिहरू अमेरिकाले फिर्ता गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई उक्त मूर्तिहरू प्रदान गरेको हो।

फिर्ता गरिएका मूर्तिमा छैटौँ शताब्दीको चतुर्मुखी शिवलिङ्ग सँगै नागराजा, पद्मपाणि र शाक्यमुनि बुद्धका मूर्ति साथै दशौँ शताब्दीको उमामहेश्वरकाे मूर्ति रहेकाे छ।

ती मूर्तिहरू अमेरिकास्थित डेन्वर म्युजिएम र सिकागो म्युजिएमबाट नेपाल ल्याइएको हो।

अमेरिकास्थित नेपाली दूतावासले अमेरिकी कम्पनी युपिएसको सहयोगमा ती कलाकृतिहरूलाई नेपाल ल्याइपुर्‍याएको हो। नेपालस्थित अमेरिकी मिसन उपप्रमुख म्यानुएल मिकल्लेरले मन्त्री आलेलाई उक्त कलाकृति हस्तान्तरण गरेका हुन्।

यी मूर्तिहरूको नेपाल फिर्ती हुनु नेपालका सांस्कृतिक सम्पदाहरूको संरक्षण र नेपालबाट हराएका सम्पदाहरू फिर्ता ल्याउने अभियानमा महत्वपूर्ण कडी भएको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.