|

काठमाडौं :  गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।  गएराति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै  नवप्रवेशी गुजरात फाइनल प्रवेश गरेको हो। 

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान हार्दिक पाण्डयले अविजित ४० रन जोडे।  राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले ८९ रनको अर्धशतकीय इनिङ खेले। कप्तान सञ्जु सामसनले ४७ रन जोड्दा देबदुत पडिकलले २८ रन बनाए।​ गुजरातका मोहमद शामी, यश डयल, साई किशोर र हार्दिक पाण्डयले एक एक विकेट लिए। 

जितसँगै गुजरातले डेब्यु सिजनमै आईपीएलको फाइनलमा स्थान बनाएको छ।राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ। अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.