|

काठमाडौं : काठमाडौं महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मतगणना सकिएको छ। अब २२ हजार  ५ सय ६४ मतगणना अझै बाँकी छ। 

निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार १ लाख ९१ हजार १ सय २५ मध्ये १ लाख ६८ हजार ४ सय ८७ मतगणना भएको छ। 

पछिल्लो परिणाम अनुसार  प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्।  उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन्। उनी बालेन भन्दा २० हजार १ सय १० मतान्तरले पछाडि रहेकी छन्। 

तेस्रो स्थानका केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन्। यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन्।

आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.