दाङ : तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणना अन्तिम चरणमा पुगेको छ। प्रमुख र उपप्रमुख दुवैमा एमाले जितको नजिक पुगेको छ। उपमहानगरपालिका १९ मध्ये अहिले १७ र १९ वडाको मतगणना जारी छ।
पछिल्लो विवरणअनुसार तुलसीपुरमा ७१ हजार १६६ मतगणना हुँदा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार टिकाराम खड्का ३३६६ मतले अगाडि छन्। खड्काले ३० हजार ३५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा पनि एमाले भारी मतले अगाडि रहेको छ। एमालेकी स्यानी चौधरीले २९ हजार ३४५ मत प्राप्त गर्दा गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले २० हजार १४४ मत प्राप्त गरेका छन्।
चौधरी राना भन्दा नौ हजार २०१ मतले अगाडि छन्। निर्वाचन कार्यालयका अनुसार तुलसीपुरमा ७४ हजार ३३६ मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ। तुलसीपुरमा अहिले सम्म एमाले ९, गठबन्धनको तर्फबाट कांग्रेस ४, माओवादी केन्द्र ३ र स्वतन्त्रले एउटा वडामा जितेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।