अब साताको पाँच दिन, दिनहुँ १५ मिनेट मात्रै

|

काठमाडौं : बीबीसी नेपाली सेवाले बिहानी प्रसारण बन्द गर्ने भएको छ। यस्तै बेलुकीको प्रसारण ‘साँझपख’ पनि १५ मिनेटको बनाउने भएको छ।

रेडियोबाट सूचना प्रसारण गरी बीबीसीले यसबारे जानकारी दिएको हो। ‘यही मे ३० अर्थात् जेठ १६ सोमबारदेखि बीबीसी नेपालीको बिहानी सेवा बन्द हुनेछ’, उसले भनेको छ’,साँझपखको कार्यक्रम पनि १५ मिनेटको हुनेछ।’ बीबीसी नेपाली सेवाले अब आफूलाई डिजिटलमा केन्द्रित गर्ने बताएको छ। 

बीबीसी नेपाली सेवा सोमबारदेखि शुक्रबारसम्म बिहान सवा ७ देखि ८ बजेसम्म र बेलुकी पौने ९ देखि सवा ९ सम्म प्रसारण हुँदै आएको छ।

बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जुन ७ तारिखमा सुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.