|

काठमाडौं : काठमाडौं महानरपालिकाको प्रमुख पदमा जीत सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) एका बिहानै मतगणना स्थल प्रदर्शनी मार्गस्थित  राष्ट्रिय सभागृह पुगेका छन्। 

अब केही मत गन्न बाँकी रहँदा उनी जीत नजिक छन्। काठमाडौं महानगरमा अब २२ हजार  ५ सय ६४ मत गन्न बाँकी छ।  २२ हजार मत गन्न बाँकी हुँदा बालेन भन्दा २० हजार १ सय १० मतान्तरले अगाडि छन्।  

पछिल्लो परिणाम अनुसार  प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्।  उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन्। 

तेस्रो स्थानका केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन्। यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन्।

यस्तै उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले ६० हजार मत कटाएकी छन्। ​ सुनिताले ६० हजार ६७५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २० हजार ६ सय  ८६ मत पाएका छन्।

उनी विजयी भइसकेकी छन्। उनले मत गन्नबाँकी भन्दा झण्डै १८ हजार मत बढी पाएकी छन्।  

आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.