|

झापा : यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मृतक दुवै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा एक प्रहरी जवान र एक म्यादी प्रहरी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

मोरङ जिल्ला पथरी शनिश्चरे ८ निवासी २६ वर्षीय प्रकाश राई र भोजपुर जिल्ला षडानन्द नगरपालिकाका २६ वर्षीय जितुहाङ राईको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। 

प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन्, भने जितुहाङ भर्खरै म्यादी प्रहरीको जागिर खाएर बिदा भइसकेका छन्।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा बुधवार बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायात नामक बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। यता ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.