|

काठमाडौं :  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन तथा आयल निगमको कार्यालय घेराउ गरेका छन्।

विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि देशका मूल शहरहरूमा त्यसको विरोध भइरहेको छ।

आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ र डिजेल पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता हुनैपर्ने बताउँदै आए पनि आयल निगम भने अझै घाटा पूर्ति भइनसकेकोले इन्धनको मूल्य अझै बढ्न सक्ने बताउँदै आएको छ। इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडासमेत वृद्धि भइसकेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.