|

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म 'कबड्डी ४' भारतमा पनि प्रदर्शन हुने भएको छ। असार २ गतेदेखि भारतका विभिन्न १५ शहरमा फिल्म प्रदर्शन हुने भएको हो। 

मंगलबार भारतको सिलीगुडीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म भारतमा प्रदर्शन हुनेबारे औपचारिक घोषणा गरिएको छ। उक्त कार्यक्रमका लागि कबड्डी ४ टिमको प्रतिनिधित्व गर्दै अभिनेता विजय बराल र बुद्धि तामाङले उपस्थिति जनाएका थिए। 

भारतका सिलीगुडी, गुवाहिटी, दार्जीलिङ, कालिम्पोङ लगायतका नेपालीभाषीको जनसङ्ख्या धेरै भएका १५ शहरमा फिल्म प्रदर्शन हुन लागेको हो। कुनै नेपाली फिल्म भारतका यति धेरै शहरमा एकसाथ प्रदर्शन हुन लागेको यो पहिलो पटक हो। यसलाई नेपाली फिल्म उद्योगकै लागि महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। 

अष्ट्रेलिया, जापान, लगायतका देशमा भने फिल्म शुक्रबारदेखि नै प्रदर्शनमा आउँदै छ। रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.