|

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका १९ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानल विजयी भएको छ। गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का  केशरबहादुर पुनको प्यानलाई हराउँदै नेकपा एमालेका प्रेमनाथ योगीको प्यानल विजयी भएको हो।

अन्तिम मत परिणामअनुसार पुनलाई ३८९ मतान्तरले पछि पार्दै योगी विजयी भएका हुन्। योगीले १ हजार ५०६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी  पुनले १ हजार ११७ मत प्राप्त गरेका थिए।

त्यसैगरी महिला सदस्यमा १ हजार ५०९ मत पाई नेकपा एमालेकै ताराकुमारी वली, दलित महिला सदस्यमा १ हजार ५०६ ल्याई एमालेकै रेवती कामी, खुला सदस्यमा १ हजार ४९५ ल्याई एमालेकै पूर्णबहादुर बुढाथोकी र १ हजार ४६५ मत प्राप्त गरी एमालेकै रामबहादुर पौडेल विजयी भएका छन्।

२०७४ सालको निर्वाचनमा योगीका बुवा रामबहादुर योगी एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.