|

काठमाडौं : काठमाडौं महानगरमा मेयर पदका प्रत्यासी केशव स्थापितविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै आएकी रश्मिला प्रजापतिले उनको पराजयप्रति खुशी व्यक्त गरेकी छिन्। 

सामाजिक सञ्जालमा स्थापितको नाम उल्लेख नगरी उनले यौन दुराचारीलाई भोट आउट गरेकोमा काठमाडौं महानगरका मतदातालाई धन्यवाद दिएकी छिन्। नेकपा एमालेले स्थापितलाई काठमाडौंमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै प्रजापतिले आफूलाई स्थापितले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक गरेकी थिइन्।

त्यसपछि स्थापितले हरेक कार्यक्रम र अन्तरवार्ताहरुमा यो आरोपमा स्पष्टीकरण दिनुपरेको थियो। तर उनले दुर्व्यवहार गरे नगरेको नभनी २५ वर्ष अगाडिको कुरा अहिले चुनावका बेला योजनावद्ध तरिकाले उचालिएको जवाफ दिँदै हिँडेका थिए।

२५ वर्ष अघि काठमाडौंकै मेयर हुँदा स्थापितले यौन दुर्व्यवहार गरेको रश्मिलाको आरोप छ। त्यसबखत उनी महानगरकै कर्मचारी थिइन्। स्थानीय तहको निर्वाचनले काठमाडौंका मतदाताले कुनै पनि प्रकारको दुर्व्यवहारलाई साथ दिँदैन भन्ने कुरा पुष्टि गरेको उनको भनाइ छ। 

‘काठमाडौं महानगरपालिकाका मतदाताहरूमा यौन दुराचारीलाई भोट आउट गरेकोमा धन्यवाद! काठमाडौं निकै सचेत छ, आफूमाथि कसैको अनावश्यक हस्तक्षेप सहँदैन।’ उनले लेखेकी छिन्, ‘काठमाडौंका मतदाता धेरै विवेकी छन्, कुनै प्रकारको दुर्व्यवहारमा साथ दिंदैन भन्ने दरिलो प्रमाण भएको छ यौन दुराचारीको हार। २५ वर्ष पछि काठमाडौं महानगरपालिका परिवर्तन उन्मुख छ।’ 

उनले मेयर पदमा विजयी बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएकी छिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.